कोरोनाबाट २५ वर्षीया युवतीको मृत्यु

6.89K
shares

कैलाली। धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उनको शुक्रबार मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी बस्ने उहाँको स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्बर-२, सन्तोषीटोल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

भदौ ३० गते ‘रिपोर्ट पोजिटिभ’ आएको थियो । उनकाे त्यसैदिन अस्पताल भर्ना हुनुभएको थियो ।

उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । उनको शुक्रबार अपराह्न पौने ५ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083