यस्तो छ वर्ल्डलिंकको ‘ठगीधन्दा’ ‘5 जी’ राउटर बेच्न इन्टरनेट स्पीडमा यसरी हुन्छ धोका

10.02K
shares

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकको अहिलेको नारा छ, छिटो भनेकै वर्ल्डलिंक । तर, वर्ल्डलिंकको स्पिड दर हेर्ने हो भनेको सबैभन्दा ढिलो भनेकै वर्ल्डलिंक भन्नुपर्ने बेला भएको छ ।

अचेल वर्ल्डलिंक प्रयोगकर्ता धेरैको इन्टरनेट स्लो छ । गुनासो गर्ने ठाउँ उही वर्ल्डलिंक कार्यालय नै हो । कर्मचारीहरुले दैनिक गुनासो पनि सुनेकै हुन्छन् । नेट स्लो भएपछि वा चल्न छाडेपछि सबैले कार्यालयमा फोन गर्ने गर्छन् । फोन गर्दा निक्कै लामो समयसम्म वर्ल्डलिंकको विज्ञापन बज्छ । तर, ग्राहकको पैसा भने काटिएकै हुन्छ ।

मुश्किलले फोन उठेपछि जवाफ आउँछ, ‘फाईजी जी राउटर जोड्नुस्, स्पीड फास्ट हुन्छ ।’ यसरी वर्ल्डलिंकले अहिले इन्टरनेट स्लो हुनुको कारण राउटरलाई दिइरहेको छ । कहिले तपाईको यो वा त्यो समस्या छ भन्छन् । अनि ग्राहकलाई खुसी पार्न केही बेर राउडर बन्द गरेर पुनः सञ्चालन गर्न भन्छि । तर, फेरि समस्या ज्युँका त्यूँ नै ।

सामान्यतया २० एमबीपीएसदेखि १०० एमबीपीएस इन्टरनेट स्पीड लिएका सेवाग्राही आधा स्पीड पनि पाइरहेका छैनन् । यही गुनासो गर्दा वर्ल्डलिंकले पुरानै जवाफ पठाउने गरेको छ, ‘फाईभ जीको राउटर जोड्नुस् । अहिलेको समस्या हट्छ ।’

वर्ल्डलिंकले नेपालमा सबैभन्दा धेरै १८ लाख प्रयोगकर्ता रहेको दावी गर्दै आएको छ । तर, वर्ल्डलिंकको सेवाप्रति गुनासो पनि उत्तिकै धेरै छ । पछिल्लो समयमा त इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले उपभोक्तामाथि निरन्तर ठगी गरिरहेको गुनासो बढिरहेको छ ।

मुक्तीखबर आफैं पनि वर्ल्डलिंकको ग्राहक हो । मुक्तीखबरले पनि पटकपटक आफ्नो गुनासो सुनाएको छ । गुनासो सुनाउँदा केहीबेर समस्या समाधान भए जस्तो गरे पनि फेरि उही समस्या दाहोरिने गर्छ । यस्तो समस्या आजभोली उपभोक्ताले भोग्दै आएका छन् ।

इन्टरनेट स्पीडमा लगातार धोका दिइरहेको वर्ल्डलिंकले यसैलाई फाइभ जी राउटर बेच्ने धन्दा बनाएको पनि गुनासो बढ्दै गएको हो । चीनबाट भित्रिएका नोकिया कम्पनीको राउटर बेच्न अहिले वर्ल्डलिंक आफैंंले धमाधम ‘इन्टरनेट स्पीड स्लो’ गर्दै ‘फाइभ जी’ राउटर बेच्दै गरेको आरोप लागेको छ ।

फाईभ जीको इन्टरनेट स्पीड भन्ने तर घुमाउरो तरिकाले राउटर बेचेर पैसा कमाउने वर्ल्डलिंकको धन्दामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।

राम्रैसँग चलिरहेको राउटर परिवर्तन गरेर ३ हजार ३ सय मूल्यको फाइभ जी भन्दै वर्ल्डलिंकले नयाँ राउटर भिडाउँदा सेवाग्राही भने दोहोरो मारमा परेका छन् । जुन वर्ल्डलिंकको निरन्तरको नाफा हो । तर सेवाग्राहीका लागि भने घाटै घाटा छ। अझ १० हजारको सो राउटर मात्र ३ हजारमा भन्ने प्रचार गरिएको छ ।

वर्ल्डलिंकले ठगी गर्ने एक ठाउँमा मात्रै छैन् । ‘छिटो भनेकै वर्ल्डलिंक’ स्लोगान दिएर धेरैको ध्यान तानेर जोडेका ग्राहक भने अहिले बिच्किरहेका छन् । खासगरी वर्ल्डलिंकको इन्टरनेट जडान गरेदेखि ठगी शुरु हुन्छ । श्रृङ्खलाबद्ध ठगी गर्ने वर्ल्डलिंक राउटर, इन्टेरनेट स्पीडदेखि मर्मत कार्यमा समेत त्यत्तिकै धोका दिइरहेको छ ।

इन्टरनेट जोडिसकेपछि सम्झौता बमोजिम स्पीड नदिने वर्ल्डलिंकको मुख्य समस्या हो । तोकिएको वा सम्झौता भएको इन्टरनेट स्पीड नदिएर त्यसबाट अन्तै ‘डाईभर्ट’ गरेर दोब्बर नाफा असुल्ने वर्ल्डलिंकको खास धन्दा हो । त्यसपछि इन्टरनेट स्लो भयो भनेर गुनासो गर्दा पनि वर्ल्डलिंकले सुनुवाई गर्दैन् । सामान्यतया बील तिर्न ढिला हुने वित्तिकै सेवा नै नदिने वर्ल्डलिंक गुनासो गर्दा भने सुन्दैन् ।

अरु बेला सोधी खोजी गरेर इन्टरनेटको शुल्क तिर्न लगाउने वर्ल्डलिंक समस्या परेको बेला भने फोन समेत उठाउदैन् । वाग्राहीले गुनासो गर्दा शुरुमा फोन नउठाउने वर्ल्डलिंकपछि भने फोन समेत नलाग्ने अवस्था गरेर बसिदिन्छ ।

यस्तो अवस्था आएको जान्दा जान्दै पनि सरकारी निकाय भने मौन रहेको पाइन्छ । यसले कतै सरकारी निकायलाई आफ्नो पकेटमा त राखेको छैन ? यो प्रश्न बारम्बार उठ्ने गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083