काठमाडौंका एसएसपी ज्ञवालीलाई हटाउन गृहमन्त्री थापाका छोरा सक्रिय

13.35K
shares

काठमाडौं । असोज ३० गते मनाउन लागिएको प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गृह मन्त्रालयको छ ।

प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्मा रोकिदा प्रहरीको बढुवा पनि रोकिएको हाे।

सो सर्वेक्षणमा प्रहरीमा पाँच वटा दरबन्दी थप्ने प्रस्ताव छ । हाल ४ डिआईजीको दरबन्दी खाली छ । थपिएपछि ९ हुनेछ । जसमा सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा छन् ।

डिआइजी बढुवामा गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । बलात्कार प्रकरणमा परेका एसएसपी शौरभ राणा भने बढुवामा पर्ने सम्भावना देखिएको छैन ।

जुनियर ब्याचबाट दिवेश लोहनी, सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्रीलगायत चलखेलमा लागेको स्रोत बताउँछ ।

जुनियर ब्याचबाट दीपक थापा, सन्दीप भण्डारी लगायतले पनि लबिङ थालेपछि सिनियरहरु डराएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विगतमा जस्तै ब्याच नै मिचेर बढुवा रोक्न सक्छन् कि सक्दैनन् त्यो उनको लागि चुनौती बनेको छ ।

त्यस्तै , एसएसपीहरुको सरुवाको पनि तयारी भइरहेको छ । एसएसपी सरुवामा धेरैको चासो भने ललितपुर परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्रहरी कार्यालयमा छ । सातै प्रदेशका तालिम केन्द्रका इन्चार्जहरुको पनि सरुवाको तयारी भइरहेको स्रोत बताउँछ ।

काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीलाई हटाएर आफ्नो सेटिङ चलाउन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा तथा दिपेश पुनको समूह पनि सक्रिय भएको स्रोतले बताएको छ। यो समुहले अशोक सिंहको लबिङ गरिरहेको दृष्‍टि साप्ताहिकमा समाचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083