पूर्वमन्त्री तथा प्रथम योल्मो खेन्पो डा. ल्हारक्याल लामाको अथक मेहनत पछि सिन्धुपाल्चोकमा जीर्ण गुम्बाहरुको पुर्ननिर्माण हुँदै

Nepal Life Insurance Long Ad

सिन्धुपाल्चोक । महाभूकम्प गएको करिब ५ वर्ष पछि मात्र सिन्धुपाल्चोकका गुम्बाहरु उठ्ने पक्का भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको पुरातात्विक महत्वका एवं पर्यटकिय क्षेत्रका रुपमा रहेका धार्मिक सम्पदाका गुम्बाहरु हेलम्बु गाउँपालिका १ र २ अन्तर्गत रहेको प्राचीन ऐतिहासिक पुरात्वतिक महत्त्वका चिरी गुम्बा, मिलम्छिम गुम्बा, तर्केघ्याङ गुम्बा सेर्माथाङ गुम्बा, त्यस्तै मेलम्ची नगरपालिका अन्तर्गत, रहेका सुलिकोट गुम्बा, भोटेकोसी गाउँपालिका १ लिस्ती पाउ गुम्बाहरु लगायत सिन्धुपाल्चोक जिल्लाका धेरै गुम्बाहरु ७२ साल बैशाख १२ गतेका भुकम्प र त्यसको पराकम्पनले पुर्णरुपमा जीर्ण रहेका छन् ।

जीर्ण  गुम्बा पुन: निर्माण गर्न  पुर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो छिमे छिरिङ, माननीय संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको नेतृत्वमा करिब ५ वर्षको अथक सक्रिय मेहनत र समन्वय बाट भारत सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा सिन्धुपाल्चोक जिल्लाका झण्डै आधा दर्जन जीर्ण गुम्बाहरु पुर्ण निर्माण लागेका हुन् ।

पुर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो डा. ल्हारक्याल लामा

पूर्वमन्त्री डा. लामाको अथाह प्रयास र सक्रिय मेहनत पछि गुम्बाहरुको पुर्न: निर्माण हुन लागेको भन्दै स्थानीय तथा सिन्धुपाल्चोक पर्यटन व्यवसायी र धार्मिक गुरुहरुले सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन् । समाजिक संजालमा अन्य व्यक्तिहरुलाई बधाई दिने र लिनेहरुको पहिरो नै लागेता पनि सिन्धुपाल्चोक जिल्लाका तमाम जीर्ण गुम्बाहरुको पुर्ण निर्माण तथा सम्बर्द्धन गर्न पुर्व मन्त्री डा. लामाको प्रमुख भुमिका रहेको सिन्धुपाल्चोकका धार्मिक गुरु बताउँछन् ।

धार्मिक गुरुहरुको अनुसार सिन्धुपाल्चोकका गुम्बा निर्माण तथा पुर्न: निर्माणमा पुर्व मन्त्री डा. लामाको प्रमुख सक्रिय भुमिका रहेको भए पनि अन्यले आफुले गरेको भनेर प्रचार गर्नु र बधाई लिने र दिने गर्नुले -“काम गर्ने कालू मकै खाने भालु जस्तै” भएको उनीहरूको दाबी छ। काम गर्ने पुर्व मन्त्री डा. लामा, बधाई खाने अरु हुनु धर्म माथीको राजनीति भएको सिन्धुपाल्चोकका धार्मिक गुरुहरुको दाबी छ।

सिन्धुपाल्चोकका जीर्ण गुम्बाहरुको पुर्न:निर्माण तथा सम्बर्द्धनले सिन्धुपाल्चोक जिल्लाको समग्र पर्यटन क्षेत्रमा टेवा पुग्ने छ भने धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकास हुने छ।

गुम्बा विकास तथा पुर्नः निर्माणमा भारत सरकारको सहयोगले नेपाल-भारत सरकारको बिचमा थप सम्बन्ध सुधार तथा मजबुद हुनेमा आम जनसमुदायको विश्वास रहेको छ भने, अब बन्ने सिन्धुपाल्चोका गुम्बाहरु नेपालको नमुना गुम्बाको रुपमा विकास हुनेमा गुम्बा निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने नेतृत्वहरुको विश्वास रहेको छ।

२९ असोज २०७७, बिहीवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु