भारतीय गुप्तचर “रअ”को योजना अनुसार नै नेकपा फुटाउने ओलीको तयारी!

8.02K
shares

काठमाडौ । भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयलसँग नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको एक भेट बाट प्रधानमन्त्री ओली दुईतिहाइ जनमतको अपमान सहित पार्टी फुटाउने मोडमा उभिएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सत्तारूढ दल ओलीले गत हप्ताको बुधवार गरेको भेटवार्ताका विषयबारे नेकपा पार्टी पुर्ण रुपमा अनभिज्ञ थियो । गत हप्ता बुधवार गरेको भेटवार्ताका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी जानकार नरहेको बताउँदै उक्त विषय पार्टीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए तर छलफल नै नभैइ पार्टी फुटाउने प्रस्ताव गरे पछि ओलीको भारतीय एजेन्टको रुपमा चित्रण गर्न सकिन्छ ।

यी आधारलाई मान्ने हो भने, रअ भनेर चिनिने भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयल र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली किन भेट गरे भन्ने पार्टी फुटाउने प्रस्तावले कुरा प्रष्ट हुन्छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली र (R&AW) का प्रमुख सामन्तकुमार भेट गरेको बारे फरक-फरक स्पष्टीकरण दिए। अन्तिममा प्रधानमन्त्री आफै भेट बारे मुख खोलेर,-“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुत भनेर सैतान पठाए भनेर अभिव्यक्ति दिए ।” यो अभिव्यक्ति आफैम गम्भीर थियो र अहिले नेकपा अहिले त्यही अभिव्यक्तिको गम्भीर मोडमा पुगेको छ।

उनका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अन्य कुनै वरिष्ठ नेता वा पार्टी सचिवालयमा यस विषयमा छलफल भएको वा जानकारी दिइएको छैन।

परराष्ट्र मन्त्रालयले समेत गोयलको भ्रमण आफ्नो जानकारीमा नभएको बताएको विवरण सार्वजनिक भएको थियो। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बिहीवार एउटा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र गोयलबीचको भेटका बारेमा जानकारी सार्वजनिक गरेका थिए।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उक्त विज्ञप्ति प्रेषित गरेपछि नेकपाका नेता र कार्यकर्ता तथा विपक्षी नेताहरूले पनि प्रधानमन्त्रीको चर्को आलोचना गरे। प्रधानमन्त्रीले कूटनीतिक आचारसंहिता पालना नगरी गरेको भेटले नेकपा संकटमा परेको हो।