काठमाडौ प्रहरी परिसरमा एसएसपी अशोक सिंह

काठमाडौं । प्रहरीमा चुनौतीपूर्ण मानिने काठमाडौ प्रहरी परिसरमा प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहलाई दिइएको छ । नेपाल प्रहरी भित्र अत्यन्तै व्यवसायिक प्रहरी मध्ये गणना गर्न सकिने सिंह आएसगैं सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

सिंहले जहाँजहाँ नेतृत्व लिए त्यहाँ एक किसिमको रामराज्य भएको उदाहरणहरु प्रशस्त रहेको छ । प्रहरी निरीक्षक हुँदा सोह्रखुट्टे बसेर ठमेल जस्तो ठाउँलाई आमुल परिवर्तन गर्दै गुण्डागर्दीलाई निर्मुल पारेका थिए । प्रहरी नायब उपरीक्षक हुँदा बिग्रीसकेको साँगाको स्कुल सपार्नमा सिंहको ज्यादै महत्वपूर्ण योगदान रहेको छ ।

गुण्डागर्दी आफ्नो शब्दकोष भित्र नरहेको बताउने सिंहले धादिङ र कास्कीको प्रमुख रहँदा गुण्डागर्दी र अवैध ढुङ्गाबालुवा खानी बन्द गराएका थिए ।कास्कीमा कहिल्यै मिटरमा नचल्ने ट्याक्सीलाई मिटरमा चलाउनुको साथै लागू दुर्व्यसनीको अखडा मानिने पोखरा शहरलाई दुर्व्यसनी मुक्त शहर बनाएका थिए ।

काठमाडौंमा उनी यस अघि एसपी हुँदा बसेर अनुभव सम्हालेका छन् भने सहायता कार्यदलको प्रमुख हुँदा काठमाडौंको गल्लीगल्लीको सबै कुरा बुझि सकेका प्रहरी अधिकृत हुन् । उनी आफ्नो कर्तव्यमा अशोक स्तम्भ जस्तै डगमग नगर्ने प्रहरी अधिकृतका रुपमा परिचित प्रहरी हुन् । उनको काठमाडौं सरुवाले काठमाडौं बासीले शान्ति सुरक्षाका साथ अमन चयनसँग आफ्नो गतिविधि गर्न पाउने छन् भने अपराध कर्म गर्नेहरु भागाभाग पर्ने निश्चित छ ।

८ मंसिर २०७७, सोमवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु