अश्लिल शब्द सिकाउने ५ वटा सुगालाई चिडियाघरबाट हटाइयो

Nepal Life Insurance Long Ad

वेलायतको एउटा चिडियाघरले त्यहाँ राखिएका फोहर शब्दहरु बोल्ने पाँच वटा बदमास सुगालाई सार्वजनिक प्रदर्शनबाट हटाइएको जनाएको छ ।

तिनीहरुलाई एउटै कोठामा राखिएकाबेला तिनीहरुले एकले अर्कालाई आफुहरुले जानेका अशिल शब्दहरु सिकाएका थिए ।

लिन्कोनसायर बन्यजन्तु निकुन्जले विभिन्न व्यक्तिले रिक , जेड , एलिस , टाइसन र बिल्ली नामका खरानी रंगका अफ्रकी सुगा सो चिडियाखानालाई उपहार स्वरुप दिएको जनाएको छ ।

प्रर्दशनमा राखिनु अघि तिनीहरु सबेलाई एकै स्थानमा क्वारेनटाइनमा राखिएको थियो ।

तिनीहरुलाई प्रदर्शनका लागि राखिएको केहि समय पछि नै चिडियाघरका कर्मचारीहरुले तिनीहरु करतुत थाहा पाएका थिए ।

चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफुहरु तिनीहरको कारण विशेष गरी आगन्तुक बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन् ।

बानी सुधारेको खण्डमा पुन प्रदर्शनमा राख्नका लागि अहिले तिनीहरुलाई एक्ला एक्लै राखिएको बताइएको छ ।

११ मंसिर २०७७, बिहीवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु