देशभर थप १६१४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

बिहिबार नेपालमा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ। यस्तै हालसम्म ६८० जना क्वारेन्टिनमा रहेका छन् ।

११ मंसिर २०७७, बिहीवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु