डिआइजी पोखरेल एआइजीमा बढुवा

5.84K
shares

सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

पोखरलेले पनि मन्त्रिपरिषद्ले एआइजी बढुवाको निर्णय गरेको जानकारी आएको बताए।

संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै एआइजीमा बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो।

सरकारले पोखरलेलाई भावी आइजीपीको रुपमा तयार गर्न एआइजीको दरबन्दी थप गरेपछि प्रहरी संगठन भित्र र बाहिर व्यापक आलोचना भैरहेको छ।

एआइजीमा बढुवा भएसँगै पोखरेल यसपछिका आइजीपीका एक्दा दाबेदार बनेका छन्। पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।