नारायणकाजी माथि ओली समुहको सुनियोजित षड्यन्त्र, तीललाई पहाड बनाएर चरीत्र हत्या !
वि.सं.२०७७ मंसिर २७ शनिवार ११:३९
shares

श्याम रोक्का / नेकपा भित्रको शक्ति संघर्ष र अन्तर संघर्षको नयाँ शिकार पछिल्लो समय नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ बनेका छन् । पटक-पटक विभिन्न बहानामा यस्तो शिकार धेरै नेताहरु बनिसकेका छन् र अब पनि बन्ने पक्का छ। नेकपा भित्र ओली समुहले प्रचण्ड र माधव पक्षलाई सक्ने जति तल्लो स्तरमा उत्रिएर आलोचना गर्ने र र ताल पर्यो भने नियोजितरुपमा षड्यन्त्रमा उत्रिने प्रवित्ती मौलाएको छ। भने त्यसैको प्रतिकारमा विपरीत धारका कार्यकर्ता उत्रिनु परेको छ।
पछिल्लो समय नेकपाका प्रवक्ता श्रेष्ठ सहित सामेल भएको अडियो/भिडियो प्रकरणमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जबर्जस्त विवादमा तानिएका छन् । सार्वजनिक भएको अडियो/भिडियो अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुसन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी पूरा गरेका हुन् । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।’
यसै विषयलाई नियोजितरुपमा षड्यन्त्रमा गरेर श्रेष्ठको वर्षौं पुरानो फोटो र पुरानो भिडियो सार्वजनिक गरेर श्रेष्ठको चरीत्र हत्या गर्न खोजिएको प्रष्ट देखिन्छ भने चरित्र हत्या गर्न पनि नेकपाका नेता इश्वर पोख्रेल देखि युवा संघका स-सयोजक रमेश पौडेल सम्म लागी परेको उनीहरूको सामाजिक संजालको टिप्पणीले प्रष्ट हुन्छ ।लेखक श्याम रोक्का अनेरास्ववियूू केन्द्रिय सदस्य हुन् ।






























