प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्छ : सहसंयाेजक तामाङ
वि.सं.२०७७ मंसिर २८ आइतवार १८:००
shares

भुमिराज अधिकारी
झापा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद बढ्दै गएको छ । विवाद मिल्ने र सहमति हुने सम्भावना घट्दै गएपछि गुटगत भेलाहरु जिल्ला तहसम्म तलसम्म विस्तार भएको छ ।
गत सोमबार विराटनगरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूह निकट विद्यार्थीहरुको भेला सम्पन्न भएको थियो । त्यस भेला लगतै मंसिर २७ गते शनिबार मोरङको सुन्दरहरैंचामा प्रदेश १ स्तरीय युवा भेला आयोजना गरेको छ । भेलालाई सम्वोधन गर्न नेकपाका केन्द्रीय सदस्य तथा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा अाएका थिए ।
ओली पक्षका युवाहरूले प्रचण्ड र नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको हो । आज नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको गृहजिल्ला झापामा विद्यार्थीको भेला बोलाएको छ । भेलामा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेकपाका केन्द्रीय सदस्यहरु महेश रेग्मी, शिवकुमार मण्डल, अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रन्जित तामाङ, पूर्व केन्द्रीय सचिव वसिम आलम, अनेरास्ववियूका केन्द्रीय सदस्य सुदेश पराजुली संजय काल्लधन लगाएतको सहभागीता रहेको थियाे ।
संयाेजक एेन महरले गुटकाे भेला अायाेजना गर्दै हिडेकाे सहसंयाेजक तामाङले बताउदै याे हाम्रो अाजकाे भेला अनेरास्ववियूकाे भेला भएकाे बताए ।
आइतबार प्रधानमन्त्रीको गृहनगरमा आयोजना भएको विद्यार्थी भेला प्रदेश स्तरीय रहे पनि मंगलबार विराटनगरमा हुने विद्यार्थी र युवाको भेला जिल्ला स्तरीय हुने अनेरास्ववियूका नेता संजय काल्धनले बताए ।




















