संखुवासभामा प्रहरीले चलायाे विप्लवका कार्यकर्तामाथि गोली

Nepal Life Insurance Long Ad

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तामाथि संखुवासभामा प्रहरीले  गोली चलाएकाे छ ।

नेकपाका एक जिल्ला नेताले  दिएको जानकारी अनुसार आइतबार पार्टीका नेता कार्यकर्ताहरु बसिरहेको गाउँलाई नै घेरा हालेर प्रहरीले गोली चलाएको हो ।

जिल्लाको चैनपुर–४ मैदाने भन्ने ठाउँमा हाम्रा नेता कार्यकर्ता बसिरहनु भएको रहेछ । सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेको हुनुपर्छ ।

ति नेताले भने-पक्राउ गर्न खोजेपछि उहाँहरू भाग्न खोज्नु भयो । त्यहि बेला प्रहरीले गोली हानेको रहेछ ।
करिब २०/२२ राउण्ड होला ।

ओली सरकारको निर्देशनमा प्रहरीले नेकपा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने बहानामा स्थानीय जनतालाई आतंकित पार्न थालेको भन्दै ति नेताले आपत्ति जनाए ।

यता प्रहरीले भने आफुहरुलाई लक्षित गरेर नेकपाले नेता कार्यकर्ताले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको दावी गरेको छ।

प्रहरीले भने नेकपा नेता कार्यकर्ताले ५ राउण्ड गोली चलाएको दावी गरेको छ ।

प्रहरीले करिब २० राउण्ड फायर गरेको बुझिएको छ ।

१२ पुस २०७७, आइतवार १९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु