प्रचण्ड- नेपाल नेतृत्व नेकपाको जनआन्दोलन झल्कने शक्तिशाली विरोध प्रदर्सन(फोटोफिचर)

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा जनआन्दोलन झल्काउने विशाल शक्ति प्रदर्शन गरेको छ ।
६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको प्रदर्शनका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो ।

राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसको थिए । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् । प्रदर्शन उत्साहजनक रहेको हो । (फोटो-फिचर)

१४ पुस २०७७, मंगलवार १९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु