प्रधानमन्त्री र रास्ट्रपतिको नक्कल गर्दै सडक नाटक “हजार पाइला”प्रदर्शन

11.4K
shares

काठमाडौ। संसद विघटनको विरोध गर्दै नेकपाको संस्थापन पक्ष (प्रचण्ड-माधव) निकट विद्यार्थी सगठन अनेरास्ववियूले आज काठमाडौंको माइतीघरमा सडक नाटक देखाएका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन संविधान विपरित भएको भन्दै विरोध स्वरूप सडक नाटक देखाएका हुन् ।

सडक नाटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भेषमा ओलीको नक्कल गर्दै एक विद्यार्थी नेताले प्रधानमन्त्री ओलीले गुमाएको बहुमतको व्याङ्ग्य गर्दै मन्त्री नियुक्ति गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको नक्कल गर्दै विद्यार्थी नेता मनिषा कार्कीले प्रधानमन्त्रीको बनेका पात्रलाई श्रीपेच लगाउने र अध्यादेश स्वीकृत गर्ने नक्कल गरेका थिइन्। कार्यक्रमलाई विद्यार्थी नेता आरती लामाले सम्बोधन गरेकी हुन् , गौतम राई, निर्ग नवीन, प्रदीप थापा, लक्ष्मी क्षेत्री लगायत विद्यार्थी नेता  उपस्तिथि रहेको थियो।(फोटोफिचर)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083