कांग्रेसले देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने
वि.सं.२०७७ पुस १९ आइतवार १५:५५
6.68K
shares
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि एक नेताका अनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।































