जाकार्ताबाट उठेको विमान सम्पर्क विहीन, खोजीकार्य जारी
वि.सं.२०७७ पुस २५ शनिवार १८:३१
5.04K
shares
shares

काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए ।
अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो । सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको परिवहन मन्त्रालयले जनाएको छ ।














