नेकपा संस्थापन समुहको सचिवालय बैठक ३ बजे पेरिसडाँडामा बस्दै

10.91K
shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको छ। आज बिहान नेताहरुबीच भएको अनौपचारिक छलफलपछि महासचिव टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो ।

सचिवालयले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको एक नेताले जानकारी दिए ।

पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।
महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरुको चाहना थियो ।