बानेश्वर तिनकुने देखि संसद भवन अगाडि सम्म राँके जुलुस(फोटोफिचर)
वि.सं.२०७७ माघ २१ बुधवार २०:०८
shares

काठमाडौ । आमहडतालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका अनेरास्ववियू विद्यार्थी बानेश्वर बहुमुखी क्याम्पसले मसाल जुलुस निकालेका छन् ।
बुधबार साँझ राजधानीको बानेश्वर बहुमुखी क्याम्पस तिनकुने देखी संसद भवन नजिक सम्म पुगेर कोण सभामा परिणत भएको हो।
सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै तत्काल खारेज गर्न माग गर्दै मसाल जुलुस निकालिएको हो ।
उक्त मसाल जुलुसलाई अनेरास्ववियू बानेश्वर बहुमुखी क्याम्पसका संयोजक नवीन शाही र अनेरास्ववियू केन्द्रिय सदस्य तथा संघर्ष समितीका कमान्डर श्याम रोक्काले सम्बोधन गरेका थिए।
देशमा २५० वर्षको राजतन्त्र १४ दिनको जन-आन्दोलनले समाप्त गरेको स्मरण गर्दै खड्क ओलीको ३ वर्षको तानाशाह समाप्त गर्न १४ मिनेटमा जनता सडकमा आए समाप्त हुने नेता रोक्काले विश्वास व्यक्त गरे।
पशुपति मात्र होइन अब ओली भारतको कासीको टिकट काटेर तयार बस्न ओली र ओलीका समर्थकहरुलाई पनि चेतावनी दिएका हुन् ।प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
फोटोफिचर:




































