नेकपाको आमहड्ताल शान्तिपूर्ण र सभ्यरुपमा सम्पन्न: यी हुन् आज दिनभर सामाजिक संजालमा भाइरल फेक तस्वीरहरु
वि.सं.२०७७ माघ २२ बिहीवार २०:४३
shares

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)ले प्रतिनिधि सभा विघटन र संवैधानिक निकायका पदाधिकारीको असंवैधानिक नियुक्तिविरुद्ध पार्टीले गरेको आम हडताल पूर्णरूपमा शान्तिपूर्ण र सभ्य र भव्यरुपमा जनसहभागिता सहित सफल रुपमा सम्पन्न भएको छ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेर जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई धन्यवादसमेत दिएका छन् ।
तर विगतमाको विभिन्न आन्दोलनको फोटाहरु राखेर आन्दोलनलाई जनता माझ भ्रम फैलाउन अनग्रल प्रचार गरेको थियो। भारतीय किसानले भारतको विहारमा तरकारी फ्यालेर गरेको विरोधको फोटो राखेर आजको नेकपाको आमहडतालले फ्याले भन्दै उक्त फोटो सामाजिक संजालमा अनग्रल प्रचार गरेको थियो। त्यस्तै निर्मला पन्त हत्याको आन्दोलनमा जलाईएको एम्बुलेन्सलाई पनि सामाजिक संजालमा भाइरल गरेको थियो।
आज दिनभर भाइरल फेक फोटाहरु


































