राता क्यापमा सज्जिएर नेकपाको मार्चपास (फोटोफिचर)

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार मार्चपास गरेको छ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो ।

बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिए ।

यो समूहले भोलि हुने सभामा राजधानी उपत्यका र बागमती प्रदेशबाट ठूलो सहभागिता गराउने तयारी गरेको छ । यसबाहेक देशभरबाट प्रतिनिधिमूलक ढंगको सहभागिता गराउँदै संसद् पुनर्स्थापनामा दबाव दिने उद्देश्य लिएको छ ।

२७ माघ २०७७, मंगलवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु