विप्लवका नेता मल्ललाई पक्राउ गर्न अदालतबाट ३५ दिने पुर्जी जारी

11.25K
shares

ओली सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता भरत मल्ललाई पक्राउ गर्न अछाम जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना फैलाएकाे आरोपमा अछाम जिल्ला अदालतले यही माघ २८ गते बुधवार आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी बझाङको केदारस्युँ गाउँपालिका-४ बाझस्थित मल्लको घरमा बुधवारबार टाँसिएको छ।

उनलाई, नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना फैलाएकाे आरोप मल्ललाई लगाइएको छ। पक्राउ पुर्जीमा भनिएको छ, ‘बाटाको म्यादबाहेक ३५ दिनभित्र आफैँ वा पक्राउ पुर्जीबमोजिम पक्राउ भई यस अदालतमा हाजिर हुन आउनुभएमा तपाईको व्यहोरासमेत बुझी कानुनअनुसार कारबाही हुनेछ।’

पक्राउ पुर्जी घरमा टाँस गरेको आजै बुधवार कान्तिपथ डटकमको टेलिफोन सम्पर्कमा आएका मल्लले आफूमाथि झुठा मुद्धा बनाइएको बताएका छन्।

मल्लले भने, वर्तमान सरकारले विभिन्न खालमा झुठा मुद्धा लगायर क्रान्तिलाई रोक्ने दुस्साहस गर्न खोजेको आरोप लगाए।

उनले थपे, पक्राउ पुर्जी मात्र भरत मल्लकाे ढोकामा आएको होइन क्रान्तिको बिजय पनि ढोकामा आएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083