प्रतिबन्धित नेकपासहित ४ दलको रणनीतिक मोर्चा घोषणा हुँदै

11.95K
shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले आज संयुक्त मोर्चाबन्दी घोषणा गर्ने भएका छन्‌।

प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले रणनीतिक संयुक्त मोर्चाबन्दी घोषणा गर्न लागेका हुन्‌।

यी पार्टीहरूले नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजे एक कार्यक्रम गरी संयुक्त रणनीतिक मोर्चाको घोषणा गर्नेछन्‌।

प्रतिबन्धित पार्टीको शीर्ष नेतृत्व समेतको उपस्थितिमा हुने कार्यक्रममा रणनीतिक संयुक्त मोर्चा घोषणा एवं मोर्चाको अवधारणा पत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिकीकण गर्ने बताइएको छ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले गरेको प्रतिबन्ध कायमै छ। केही समययता सो पार्टीसँग सरकारले वार्ता गर्न लागेको खबरहरू सार्वजनिक भइरहेका छन्‌।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083