पार्टी एकताको पक्षमा घनश्याम भुषाल र शंकर पोखरेलबीच सिंहदरबारमा छलफल
वि.सं.२०७७ फागुन २० बिहीवार १६:४५
8.91K
shares
shares

राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा प्रचण् नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो।
दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो।
पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए।
‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।















