प्रदर्शनीमार्गमा प्रतिगमन विरुद्ध संयुक्त विद्यार्थीको प्रदर्शन

Nepal Life Insurance Long Ad

काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।

त्यस क्रममा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । त्यस क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।

१७ असार २०७८, बिहीवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु