प्रतिनिधिसभा पुनर्स्थापनको स्वागत गर्दै तामाङले भने-“अब राष्ट्रपति भण्डारीलाई महाअभियोग लाग्छ”

19.21K
shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तमाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउँनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला पश्चात आज काठमाडौं आयोजित र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले संविधानको रक्षा नगरी गैरसंवैधानिक कार्य गरेकाले अब बस्ने प्रतिनिधिसभाको बैठकले महाअभियोग लगाएर हटाउँनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले गरेका नियुक्तीहरु खारेज गर्दै उनीहरुले गरेको भ्रष्टाचार तथा अनियमितताको छानविन गरी कारवाही गर्नुपर्ने उनले माग गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चबाट भएको फैसलाको स्वागत गर्दै उनले अहिलेसम्म भएका अनियमितता तथा भ्रष्टाचारको छानविन गरी दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गरे ।

पाँच विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरिरहेका थिए । आज पनि पाँच बिद्यार्थी संगठनहरुले निकालेको बिजयी र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ओलीबाट भएका गैरसंवैधानिक र अलोकतान्त्रिक कार्यहरुको छानविन गर्नुपर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083