क्रुर घटनाका योजनाकार उपकुलपति सिहंलाई बर्खास्त गर्न (क्रान्तिकारी)को माग

Nepal Life Insurance Long Ad

प्रेस विज्ञप्ति

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई वर्खास्त गर !

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत एक महिनादेखि विभिन्न १८ सुत्रीय माग राखेर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्तामाथि आज उपकुलपति प्रा.डा.नन्दवहादुर सिंहको ठाडो निर्देशनमा गरिएको क्रुर र बर्वर दमनको घोर निन्दा र भर्त्सना गर्दछौं । उपकुलपतिको ठाडो आदेशमा गरिएको उक्त दमनवाट अखिल ( क्रान्तिकारी ) मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक टोपेन्द्र पौडेल (राज ), स्ववियु सभापति झक्कवहादुर शाही , टिकाराम ढकाल लगायतका विद्यार्थी नेताहरु गम्भीर घाइते हुनुभएको छ । घाइते सवै साथीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । त्यसैगरी विद्यार्थी नेताहरु दिपेन्द्रजंग शाही , रोशन बस्नेत ,भुपेन्द्र बम , केशव खड्का , गोविन्द सिजापति, तेजबहादुर वम , रोशन मिश्र , सन्देश थापा लगायतका सम्पुर्ण गिरफ्तार साथीहरूलाई तत्काल रिहाइको माग गर्दछौं ।

विद्यार्थी संगठनहरुले उठाएका न्यायपुर्ण मागहरुलाई सार्थक वार्ता र छलफलवाट हल गर्नुको सट्टा प्रहरी र भाडाका लठैत् प्रयोग गरेर विश्वविद्यालय प्रशासनले गैरजिम्मेवारपनको पराकाष्ठा प्रदर्शन गरेको छ । विश्वविद्यालय प्रशासनको कायरतापुर्ण दमनले संयुक्त विद्यार्थी आन्दोलन रोकिने छैन । महिनौंसम्म विश्वविद्यालयलाई अस्तब्यस्त वनाउने , समस्या समाधान गर्नुको सट्टा उल्टो विद्यार्थीलाई क्रुर दमन गर्ने र विद्यार्थी माथि गुण्डा परिचालन गर्ने नालायक उपकुलपतिलाई तत्काल वर्खास्त गर्न माग गर्दछौं । साथै उपकुलपतिले राजिनामा नदिएसम्म वा वर्खास्त नगरिंदासम्म निजलाई सामाजिक वहिष्कार गर्ने लगायतका अझ कडा र सशक्त कार्यक्रम सहित विद्यार्थी आन्दोलन जारी राख्न आह्वान गर्दछौं।

२०७८/०४/२६

रञ्जित तामाङ
अध्यक्ष

२६ साउन २०७८, मंगलवार २३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु