“बादल” लगाएतका पुर्व माओवादीहरु फेरि माओवादीमै फर्किदै छन् – रन्जित तामाङ

8.85K
shares

अखिल(क्रान्तिकारी)का निवर्तमान अध्यक्ष रन्जित तामाङले  एमाले नेता राम बहादुर थापा लगायत पुर्व माओवादी घटकहरुलाई पुन: पार्टीमा ल्याउने प्रक्रिया सुरु भएको बताएका छन् ।जनमुक्ति सेना दिवशका सन्दर्भमा बुधबार गृहजील्ला झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा (माओवादी केन्द्र)का युवा नेता तामाङले यस्तो धारणा राखेका हुन ।  पार्टीलाई ६३/६४ को जस्तै बिशाल र क्रान्तिकारी बनाउन संभव रहेको र विभिन्न माओवादी घटकहरु बिच तिब्र रुपमा भएको एकता र संबादको जारी प्रकृयाले देशभरका कार्यकर्ताहरुमा उत्साह थपेको भन्दै  उनले  अगाडी भने “सिंगो क्रान्तिकारी कित्ता जुर्मुराएको छ ।पार्टीबाट गएका बैध्य, बादल,विप्लव, बाबुराम सहित सबै लाई पार्टीमा ल्याएर र उहाँहरु सहितको पार्टी निर्माण गरिनेछ ।”

‘देशभरका कार्यकर्ताहरु र पुर्व जनमुक्ति सेना सहिका नेता कार्यकर्ताहरुको पनि यहि चाहना  छ।”  उनले माओवादीले ल्याएको परिवर्तनको घोडामा केपी वलि जस्तो प्रतिगामी सबार हुनुले मुलुकमा अनपेक्षित राजनितीक दुर्घटनाहरु भएको भन्दै तामाङले  फेरि राजनितिक बिचार बोकेको जनमुक्ति सेना बनेर लड्न तयार रहन समेत अपिल गरेको (माओवादी केन्द्र) झापाका नेता महेन्द्र भट्टराईले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083