जोन्सन खोप लगाउन २० हजार घुस लिने २ जना स्वास्थ्यकर्मीमाथि अख्तियारको मुद्दा

7.92K
shares

काठमाडौं । कोरोना भाइरस रोग (कोभिड-१९) विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन घुस लिएको अभियोगमा बुधबार २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

उक्त खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई उजुरीको आधारमा अख्तियारले नियन्णमा लिएको हाे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

स्वास्थ्यकर्मी विरुद्ध कानुन बमोजिम कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।