प्रबिशा अधिकारीको स्वरमा “दुरी मजबुरी” सार्वजनिक

Nepal Life Insurance Long Ad

काठमाडाैं । ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली “दुरी मजबुरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।

यस कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए ।

“दुरि मजबुरी” फिमेल भर्जनमा प्रबिशा अधिकारीको स्वर रहेको छ भने सिडि बिजय अधिकारीले स्वरमा साथ दिएका छन् । यस गीतमा सिडि बिजय अधिकारी कै शब्द, संगीत रहेको छ ।

भिडियोमा उत्तम श्रेष्ठ (शिशिर) र राज केसिको निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । गीतको भिडियो एकदमै हृदयबिदारक बनेको छ । यस गीतले सबैको मन जित्न सफल हुने कुरामा निर्माण पक्ष बिश्वस्त रहेको कुरा निर्माण पक्षले बताएको छ ।

उक्त गीतको भिडियोमा सरोज खनाल, रश्मि भट्ट, सुधिर श्रेष्ठ, आँशु न्यौपाने, उत्तम श्रेष्ठ (शिशिर), डिम्पल खरेल आदिको अभिनय रहेको छ ।

यस गीतलाई ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

१० चैत २०७८, बिहीवार १९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु