कार्की समुहद्वारा सिराहा जिल्लाको पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

सिराहा । विद्यार्थी संगठनहरु ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी तयारीमा लागेका छन् । दलको लोकप्रियता नाप्ने ‘मिनी चुनाव’ का रुपमा लिइने स्ववियु चुनावलाई दल र विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । तर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन भने चरम विवादका बीच स्ववियु चुनावको तयारीमा लाग्नुपर्ने बाध्यतामा छ । स्ववियु चुनावको तयारी भन्दा संगठनभित्रको विवाद भारी भएको देखिन्छ ।

पवन कार्की समुह र पञ्चा सिंह समुहले छुटा छुट्टै गतिविधी गर्दै आइरहेक छन् । गत २१ गतेको दिन पञ्चा समुहले मधेश प्रदेशको सपथ ग्रहण तथा स्ववियु विशेष प्रशिक्षण कार्यक्रम गरेका थिए । कार्की समुहले आज मधेश प्रदेशको सिराहा जिल्लाको पूर्ण वैठक तथा स्ववियु निर्वाचन सम्बन्धित विशेष प्रशिक्षण कार्यक्रम राखेका छन् । अखिल (क्रान्तिकारी) सिरहा जिल्लाद्वारा आयोजित पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा निर्वाचन आयोग प्रमुख भोला यादव प्रमुख अतिथि थिए भने मधेश प्रदेश अध्यक्ष शिबराज धमला र वाईसिएलको सिरहा जिल्ला इन्चार्ज मनोज कुमार पासवान को बिशिष्ट आतिथ्यतामा सप्पन्न भएको अखिल (क्रान्तिकारी) सिराहा जिल्ला संयोजक पारस यादवले जानकारी दिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय प्रवक्ता उपदेश यादवले “पञ्चा सिंहका गुटबन्दीका कारण पार्टी दिन प्रति दिन धवस्त हुँदै गइरहेको छ । एकातिर पार्टीले अन्तर्घातिलाई कारबाही गरेको अवस्था छ भने अर्को तर्फ आफनो गुटको व्यक्ति भएकै कारण असक्षम र अन्तर्घातिलाई समेत पद र अवसर बढ्दै हिडेको देखिन्छ । यदि पार्टीले तत्काल पञ्चा सिंहका निरंकुश गैर जिम्मेवार हर्कतलाई प्रतिबंध नलगाए , पार्टीलाई दिन प्रति दिन क्षति हुँदै जाने देखिन्छ भने सच्चा कार्यकर्ताहरु निरास हुने र अवसरवादीहरु फस्टाउने दिन आउन सक्छ  ।” “कार्की समुह छोडेर हाम्रो समुहमा आए जे पद मागे त्यही दिने भनेर हाम्रा नेताहरुलाई अफर गरिरहेका छन् ।” कतिलाई त विधान विपरीत हुँदै नभएको पदसमेत बढ्दै गरेको देखिन्छ । पार्टी र पार्टी अध्यक्षले ३ – ३ पटक सहमतिको नजिक पुर्याउँदा पनि पार्टीको निर्णय नमान्नेहरुले आज जिल्ला पिछे पदाधिकारी, इन्चार्ज र प्रमुख बढ्दै हिडेको देखिन्छ । हाम्रो संगठन सुधिकरण अभियान र स्ववियु निर्वाचन त्यारी सम्बन्धित अभियान हरेक जिल्लामा निरन्तर चलिरहने प्रवक्ता यादवले बताए ।

“पार्टीका अन्तर्घातिलाई सम्मेलनको १६ महिना पश्चात पञ्चाले विवादको बीचमा सपथ ग्रहण गराए ।”
२०७८ मङ्सिर २७ मा पञ्चा सिंहले एकलौटी रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै पूजन सिंह लाई मधेश प्रदेश अध्यक्षमा मनोनित गरेका थिए । यस निर्णयले संगठन भित्र ठूलो असन्तुष्टि पैदा भयो । केन्द्रीय कमिटीमा पनि विवाद चलिरह्यो भने मधेश प्रदेश कमिटीमाका पदाधिकारीहरुले पूजन सिंहलाई अध्यक्ष मान्न नसकिने भन्दै छताछुल्ल हुने गरी असन्तुष्टी जनाए । पञ्चा सिंहले नै घोषणा गरेका मधेश प्रदेश समितिका अधिकांश पदाधिकारी आज पवन कार्की समुहका संगठनमा आबद्ध छन् । उपाध्यक्ष शिवराज धमला , दिनेश यादव प्रमुख सचिव महोमाद जुबेर आलम अहिले कार्की नेतृत्वको कमिटीमा छन् । कोषाध्यक्ष शोभा पाण्डे भने संगठन नै परित्याग गरेर एमाले मा प्रवेश गरेका छन् । असन्तुलन, जूनियर सिनियर को मर्यादा क्रम र कोही लाई गुटकै आधारमा पटक पटक सबै कमिटीमा अवसर दिएका कारण र आफ्ना श्रीमती, बहिनी, शालीलाई बिना कुनै योगदान कमिटीमा राखेका कारण असन्तुष्टी पैदा भएको विवाद आजको दिन सम्ममा हल हुन सकेको छैन । पञ्चा सिंहले बचाउ गर्दै आएका पूजन सिंह भने स्थानीय चुनावको समयमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई हराउन लागिपरेका थिए । चुनावको समय पार्टीलाई असहयोग गर्दै स्वतंत्र उम्मेदवारलाई जिताउन हिँडेका थिए । पार्टीलाई अन्तर्घात गरेको कारण पार्टी प्रदेश इन्चार्ज गणेश साह ले पूजन सिंहलाई कारबाही गरेको थियो । तर गुटको संरक्षण पाएका कारण पूजन सिंह संगठन भित्र बलियो नै देखिएको छ । एका तिर इमान्दार नेताकार्यकर्ताहरुलाई पञ्चा सिंह समुले पालै पालो कारबाही गर्दै निष्कासन गर्दैछन् भने अर्को तर्फ अन्तर्घातीलाई अवसरै अवसर दिँदै हिडेको देखिन्छ ।

समानान्तर समितिको निर्माण देखि नै भोला यादव कार्की समुहमा लागेका थिए । त्यसै गरी उपाध्यक्ष द्वय शिवराज धमला र दिनेश यादव कार्की समुहका मधेश प्रदेशका संयोजक र विभागिय प्रमुख छन् भने प्रमुख सचिव जुबेर आलम कार्की समुह वाट मधेश प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन् । राजेश पटेल, विवेक मैनाली, एहशान अन्सारी (भोला), हिमाल सागर लगाएत मधेश प्रदेशका अधिकांश नेताहरु कमिटी विभाजनको समय देखि नै कार्की समुहमा लागेका थिए । मधेश प्रदेशमा कार्की समुह बलियो देखिन्छ ।

२५ माघ २०७९, बुधवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु