अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर क्याम्पस समितिले दिप प्रज्वलन गरि मनायाे जनयुद्ध दिवस

7.71K
shares

काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे  आयोजनामा २८ औं जनयुद्ध दिवस मनाएको छ । सोमबार बानेश्वर बहुमुखी क्याम्पसमा सो अवसरमा बृहत दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू क्रान्तिकारीका शैक्षिक बिभाग प्रमुख  रबिन बस्नेतले  जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे बताए । जनयुद्ध बाट प्राप्त उपलब्धिको रक्षा गर्न विद्यार्थी आन्दोलनले निर्णयक भुमिका निर्बाह गर्नु पर्ने बताउँदै, जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेको धारणा राखेका थिए ।

सहिद,वेपत्ता,घाइते अपाङ्गता भएकालाई आजको सार्वजनिक विदाले उच्च सम्मान व्यक्त गरेको धारणा राखेका थिए  । माओवादीको एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेत्रित्वमा राष्ट्रिय सहमतिको राजनिति अगाडि बढेको नेता  बस्नेतले बताएका थिए।

जनयुद्धजनयुद्धको परिवर्तनलाई सरकारले एउटा अंशको रुपमा राख्न खोजेको भन्दै त्यस अनुसार जोजो जहाँ छाै, त्यस ठाउँबाट सम्पूर्ण कार्यकर्ता माथि उठ्न पर्नेमा जोड दिएका थिए। जनयुद्धको अबसरमा आयोजित कार्यक्रममा नेता बस्नेतले  अागामि चैत्र ५ गते हुने स्ववियु निर्वाचन जुनसुकै हालतमा गराउनु पर्ने धारणा  समेत राखेका थिएसो कार्यक्रमकाे संचालन  अनेरास्ववियू  (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस  समितिका अध्यक्ष मुकेश बुढाले गरेका थिए ।

उक्त कार्यक्रममा बानेश्वर क्याम्पसका इन्चार्ज नविन शाहि त्यसै गरी क्याम्पस समितिका पदाधिकारी भुमिराज अधिकारी सन्दिप लुईटेल , साैगात पहारी , पेरिशराज गिरि लगाएत विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे  ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083