चलचित्रको गुणस्तरीयतामा ध्यानदिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

4.06K
shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिन चलचित्रकर्मीलाई मन्त्री शर्माले आग्रह गर्नु भएको छ ।

नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिनुभएको हो ।

‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’– उहाँले भन्नुुभयो– ‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।’

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नलायक बनाउन चलचित्रकर्मीहरुलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायको रुपमा रुपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उहाँले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरु केन्द्रिकृत गर्न आग्रह गर्नुभयो ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुुभयो । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उहाँले जतिसक्यो चाँडो मन्त्रालयबाट टुंग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक सामाजिक परिवर्तनका सन्देश प्रवाह गर्ने माध्यमको रुपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुुभयो । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रभावको माध्यम पनि हो’– मन्त्री शर्माले भन्नुभयो– ‘त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ ।’

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रियरअन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो । संघले मन्त्री शर्मालाई पनि सम्मान गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083