नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

Nepal Life Insurance Long Ad

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरूले काठमाडौंमा प्रदर्शन छन् ।

हाम्रो टिम नेपाल नामक युवाहरूको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक संरक्षण गर्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन, प्रचण्ड सरकारलाई खबरदार कारबाही गर भ्रष्टाचारी लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरूको साथ रहेको जनाएका छन् ।

फोटो फिचर

२३ वैशाख २०८०, शनिवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु