दमकमा पहिचान पक्षधर र प्रहरीबीच झडप, ७ जना घाइते

4.16K
shares

काठमाडौं । झापाको दमकमा पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी नामविरुद्ध पहिचानवादीले सांकेतिक राके जुलुस प्रर्दशन गर्ने क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जना बढी घाइते भएका छन् ।

पहिचान पक्षधरका नेता केधार धिमालका अनुसार घाइतेहरुहरुको अहिले लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुको विवरण भने आउन बाँकी रहेको छ ।
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेलसम्म आन्दोलन जारी राख्ने क्रममाम आज दमकमा विरोध प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा प्रहरीले टियर ग्यास, हवाई फायर गरेको हो ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083