चुकुल लगाएर कोठामा बसेका थिए खाण, अन्तत : प्रहरी ढोका फोडेर भित्र पस्यो

5.06K
shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ पर्नु अगाडि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता ढोकामा चुकुल लगाएर, कोठाभित्र लुकेका खुलेको छ।

जिल्ला अदालत काठमाडौंबाट जरुरी पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली बुधबार बिहान खाणको चाबहिलस्थित निवास पुगेको थियो।

प्रहरीको एउटा टोली पक्राउ पूर्जी लिन अदालत पुगेको थियो भने अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा त्यसअगाडि नै एउटा टोली खाणको निवास वरपर खटिएको थियो।

सादा पोसाकमा खटिएको टोलीले खाणका गतिविधिमाथि निगरानी गरिरहेको थियो। पक्राउ पूर्जी जारी हुने सूचना पाएपछि खाण फरार हुनसक्ने सम्भावनाका बीच सादा पोसाकमा प्रहरी टोली खटाइएको थियो।

जरुरी पूर्जीसहित प्रहरीको टोली पक्राउ गर्न पुग्दा खाणको निवासमा २ जना मात्रै थिए। १ जना खाण र अर्का उनका सहयोगी नरेन्द्र केसी।

खाणका सहयोगी केसी घरको भूइँ तलामा नै भेटिएका थिए। केसीलाई केही प्रहरी कर्मचारीले तपाईंसँग कुरा गर्नुछ भन्दै सोधपुछ गर्न थाले। अर्को टोली माथिल्लो तलामा चढ्यो।

माथिल्लो तलामा खाण भने ढोकामा चुकुल लगाएर बसेका थिए। प्रहरी टोलीले ‘मान्यज्यू, मन्त्री ज्यू! तपाईंसँग कुरा गर्नु छ’ भन्दै ढोका खोल्न आग्रह गरे। लामो समयसम्म पनि खाणले ढोका नखोलेपछि प्रहरी टोली ढोका फोडेरै भित्र पसेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083