तीन दिन म्याद थपपछि सरकारी वकिलको कार्यालयमा टोपबहादुरको बयान

3.3K
shares

काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थप भएसँगै सरकारी वकिलको कार्यालयमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान गराइएको छ। नक्कली भुटानी शरणार्थी प्ररकणमा आइतबार पक्राउ परेका रायमाझीलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो ।

आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको थियो । उनको बयान अझै पुरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ ।

खाणको बयानपछि टोपबहादुरसँग बयान लिन थालिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा आइतबार राजधानीको बूढानीलकण्ठबाट रायमाझी पक्राउ परेका थिए । यससँगै या प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083