भ्रष्टाचार विरुद्ध अभियान शुरू गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद
काठमाडौ । समृद्धिका लागि युवा अभियान चितवनका अभियन्ता, स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै भ्रष्टाचार विरुद्ध अभियान शुरू गरेकोमा धन्यवाद दिएका छन् । उनीहरूले सोमवार मन्त्री श्रेष्ठलाई भेटेरै देशैभरी आशाको लहर सिर्जना हुनेगरी भ्रष्टाचारविरुद्ध अभियान शुरू गरेकोमा धन्यवाद दिएका हुन् ।
साथै राष्ट्रिय निकुञ्जभित्र धुलोरहित बाटो, भूमिगत विद्युतीय केवल तथा रिउ करिडोर निर्माणगरी समृद्ध माडीको सपना साकार पारिदिन उनीहरूले अनुरोध गरेका छन् ।
टोलीमा प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल, माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरू डण्डपाणि पौडेल र वीरेन्द्र भण्डारी, कांग्रेस नेता शोभाखर चापागाईं, एमाले नेता शिवहरि सुवेदी, माओवादी केन्द्रका नेताद्वय ऋषिराम काफ्ले र प्रभुप्रसाद महतो, एकीकृत समाजवादीका नेता नारदमणि पौडेल र युवाअभियन्ताहरू कृष्ण पौडेल, रामबन्धु पोखरेल, रामचन्द्र लम्साल, हरि रानाभाट, विपिन पाठक, सुर्य पाठक लगायत छन्।
८ जेठ २०८०, सोमवार १९:५० बजे प्रकाशित