‘भ्रष्टाचार विरुद्ध केहि समय भित्रै ठुला-ठुला एक्सन हुँदैछन्’ : प्रधानमन्त्री

6.01K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदा

May be an image of 10 people, dais and textनका कारण आज सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले सत्ताको नेतृत्व गरेको दिनदेखि आफू विरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए । उनले भने ‘सामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो । हाम्रा अगाडी चुनौतीपूर्ण अवसर छ । तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचार विरुद्ध लड्नुको विकल्प हामीसँग छैन । ‘

यसबीचमा जनतालाई एउटा नयाँ आन्दोलन र अभियानको सुरुवात भएको अनुभूत हुन थालेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले भने- ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु । जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ । हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु ।’

May be an image of 3 people, speaker and dais


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083