सुनवाई समितिको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित

3.12K
shares

काठमाडौं । संसदीय सुनवाई समितिको बैठक सुरु भएको छ ।

सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।

सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसिमा तोकिदिएका छन । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियावाट भए पनि टुंग्याउनु पर्ने उनको सुझाव रहेको छ।

मंगलवारका लागि तय भएका अन्य बैठकहरूः 

संसदीय समिति बैठक (२०८०/०२/१६)

संसदीय सुनाइ समितिको बैठक ।

स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार । समय : ८:०० बजे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक ।

स्थान :- समितिको सभाकक्ष, सिंहदरबार । समय : ८:०० बजे ।

पुर्वाधार विकास समितिको बैठक ।

स्थान : समितिको सभाकक्ष, सिंहदरबार । समय : ११:०० बजे ।

शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक।

स्थान : समितिको सभाकक्ष, सिंहदरबार । समय : ११:०० बजे ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ।

स्थान : समितिको सभाकक्ष, सिंहदरबार । समय : १३:०० बजे ।


divya collage
unigloble collage