म्यागङ गाउँपालिकाद्धारा होमस्टे र कुक तालिम

17.81K
shares

म्यागङ । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाले गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अर्गानिक रुपमा होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुग्ने लक्ष्यका साथ आधारभुत होमस्टे तथा कुक तालिम प्रदान गरिएको पालिका अध्यक्ष आशा तामाङले बताए ।

No description available.

No description available.

No description available.

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले छिमेकी पालिकाको नाता र एउटै भुगोल भएका कारण पर्यटन प्रवर्द्धन लगायत अन्य विकास निर्माण कार्यमा एक भएर सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले पर्यटन प्रवद्र्धन गर्न पालिका हरबखत तयार रहेको बताईन । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रमेश सिङदनले आउने दिनहरुमा अझै यस्ता सिपमुलक कार्यक्रमहरु गर्नुका साथै पर्यटनमुखी कार्यहरु गरिने बताए ।

No description available.

 

No description available.
यस्तै कार्यक्रममा प्रशिक्षकको रुपमा पर्यटन विशेषज्ञ डा.प्रेम शर्मा, गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, कार्यकारी अध्यक्ष टेक खकुराल र खाना बनाउने प्रशिक्षकमा प्रेमलाल घिसिङ र अमृत कुमार श्रेष्ठ रहेका थिए ।

No description available.
त्यस्तै कार्यक्रममा सामाजिक अभियान्ता सीता लामा गुरुङले पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकार लगायत सम्पुर्ण स्थानीयहरु लागि पर्नुपर्ने बताईन ।
गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा अन्य पालिकाहरुमा पनि यसरी सिपमुलक प्रशिक्षण गराउने र पर्यटकीय हबको रुपमा विस्तार गराउने कार्यक्रम रहेको समितिका सचिव सुक लामा तामाङले जानकारी दिए ।
गणेश हिमाल पर्यटन विकास समितिले म्यागङ गाउँपालिकाको ६ वटा वडाबाट जम्मा ३८ जना स्थानीयहरु लाई आधारभुट होमस्टे तालिम दिएको हो ।

No description available.

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083