प्रेस काउन्सिल आचार संहिता उलङ्घन गर्दै टेकपाना अनलाईन मिडिया !
वि.सं.२०८० जेठ ३० मंगलवार ११:०५
shares

काठमाडौ । सबै सञ्चार माध्यमहरु नराम्रा छन् भन्न पक्कै मिल्दैन तर केही अनलाईन सञ्चार माध्यमहरुप्रती आम जनताको विश्वास घट्दै गएको छ। सत्य तथ्यमा केन्द्रीत नभई कपोलकल्पीत समाचारहरु सम्प्रेषण गरि रहेका छन् । त्यस्तै भ्रामक समाचार प्रकाशन प्रशारण सम्प्रेषण गर्ने केही अलाईन सञ्चार माध्यममध्ये एक टेकपानाडटकम (techpana.com) अनलाईन पनि रहेको स्रोतले बताएको छ । पछिल्लो समय यो अनलाइन एक पछि अर्को गर्दै बारम्बार विबादमा पर्दै आएको छ, यसरी बारम्बार तथ्यहिन समाचार प्रकाशन गरेर विबादमा मुछिएको मुख्य कारण रहेको स्रोतले समेत बताएको छ ।
केही समय अगाडी सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले रिपोर्टिङका क्रममा टेकपाना मिडियाका सञ्चारकर्मीमाथि दुर्व्यवहार शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त प्रकाशित समाचारप्रति सुन्दर यातायात प्रा.लिका सञ्चालक थापाले प्रेस काउन्सिल नेपालमा उजुरी गरेका थिए।
उक्त उजुरीलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालले टेकपाना डटकम (techpana.com) लाई उक्त शीर्षकमा प्रकाशित समाचारबारे उजुरी परेको हुँदा समाचार खण्डन सहित जवाफ पठाउन काउन्सिलले एक विज्ञप्तीमार्फत सुचना जारि गरेको थियो ।


techpana.com बाट सम्प्रेशित सामग्रीको बिषयमा सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाको उजुरीका सम्बन्धमा टेकपानाडटकमका सञ्चालक सम्पादक र काउन्सिलका पदाधिकारी बिच एक छलफल भएको छ । तर त्यही छलफल र सहमतिलार्ई टेकपानाडटकमले उलङ्घन गरेको छ । प्रेस काउन्सिल आचार संहिता बिपरित फेरि अर्को समाचार उत्त मिडियाले सम्प्रेषण गरेको छ । उक्त छलफल र सहमतिमा टेकपानाडटकमद्धारा माफी मागिएको बिषयलाई उल्टै सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाप्रती क्षक्षित गर्दै भ्रामक समाचार सम्प्रेषण गरेको छ ।
प्रेस काउन्सिलबाट जारी विज्ञप्ती

सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापा टेकपानाडटकमका सञ्चालक सम्पादक र काउन्सिलका पदाधिकारी बिच भएको छलफल बिचको सहमती

अन्तत : यसरी घटनाक्रम बिषयलाई हेर्दा खेरी टेकपानाडटकम अनलाईनको अति नै ज्यादति बढ्दै गएको कुरा समाचार स्रोतलले बताएको छ । टेकपानाडटकमका सञ्चालक सम्पादकको घमण्ड भने उस्तै रहेको कुरा प्रश्ट भएको छ । जबकी प्रेस काउन्सिलले अवगत गराएको कुरा जारि गरेको कुरा समेत टेकपानाले खासै मतलब नगरेको स्रोतले बतायो । यसरी टेकपानाडटकम अनलाईनले प्रेस काउन्सिलको आचार संहितालाई कार्यन्वयन नगर्दा खेरी आमजनमानस पाठकवर्ग बिचमा बिभिन्न प्रकारका प्रश्नहरु उठ्न थालेका छन्। प्रेस काउन्सिल भन्दा माथि techpana.com हो ? भन्दै प्रश्नहरु उठाउन थालेका छन् ।
टेकपानाडटकमले फेरि प्रकाशित गरेको समाचार (हेर्नुहोस् लिङ्क सहित)
पत्रकारमाथिको दुर्व्यवहारको घटनामा सुन्दर यातायातका सञ्चालक थापाले भनेः अब मर्यादित बन्छु































