‘संयुक्त सरकार निर्माण गरौं’ : बाबुराम भट्टराई

3.99K
shares

काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् ।मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाइ समर्थन दिइरहेका भट्टराइले याे नयाँ प्रस्ताव ल्याएका हुन्। धेरैले उनले प्रचण्ड सरकार माथीकाे अबिश्वास जनाउँदै याे प्रस्ताव गरेकाे टिप्पणी गरेका छन् ।

‘गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन, ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।’

‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बाॅकी कामको समापन, थप जटील बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ,’ उनले भनेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083