जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन प्रदीप पौडेलको माग
वि.सं.२०८० असार ११ सोमवार १४:०७
3.76K
shares
shares

काठमाडौं। पशुपतिनाथमा राखिएको जलहरीको विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
माओवादीका सांसद देवेन्द्र पौडेलले जलहरीको नापतौल तथा सुनको भए नभएको विषयमा भएको गतिविधिबारे सदनलाई जानकारी गराउन माग गरे भने कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे ।
जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएको र यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियामा प्रश्न उठाउँदै उनले जलहरी प्रकरणको छानबिनका लागि संसदले समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।






























