नेपाल प्रहरी शिक्षालय चितवनको निरीक्षणमा आईजीपी बसन्त कुँवर

6.37K
shares

चितवन । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरले चितवनमा अवस्थीत  नेपाल प्रहरी शिक्षालयको निरीक्षण गरेका छन् ।

उक्त निरीक्षणको क्रममा शिक्षालय चितवनले परिसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी पनि भएका हुन्।

May be an image of 6 people and body of water

उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन् गरी बदलिदो परिवेश तथा चुनौतीहरुलाई सामना गर्न आफ्ना जिम्मेवारीहरु र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्ष रुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिएका थिए ।

साथै प्रहरी कर्मचारीहरुमा निहित सिप र अनुभवलाई सकारात्मक तवरमा समग्र संगठनको सर्वोपरी हितलाई मध्यनजर गर्दै व्यवसायिक स्वार्थमा प्रयोग गर्नु पर्ने बताए ।

May be an image of 1 person

उनले भने ‘आफ्नो जिम्मेवारीलाई गुणस्तरिय रुपमा सम्पादन गर्नका लागि आफ्नो बोली अनुसारको कार्यसम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने भएकाले व्यक्तीगत स्वार्थलाई टाढा राखेर व्यवसायिक स्वार्थका लागी निष्ठापुर्वक, व्यवसायिक दृढता र सकारात्मक सोचका साथ अगि वढ्नु पर्छ’ ।   ‘आजको आवश्यकता र नागरिक चाहाना पनि यहि छ, त्यसैले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यवसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागी हरेक कमाण्डर सबै भन्दा पहिले आफु नमुना बन्नु पर्छ’ ।

May be an image of 2 people and text

May be an image of 2 people

May be an image of 4 people and text

May be an image of 8 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083