काठमाडौंका सुकुम्बासी बस्ती ६ महिना भित्र हटाउन सरकारलाई संसदीय समितिको निर्देशन
वि.सं.२०८० असार २० बुधवार १९:२८
4.04K
shares
shares

काठमाडौं । काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले यस्तो निर्देश गरेको हो ।
‘बागमती नदी र यसका साहायक नदीहरुको जलाधार क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरुको ६ महिनाभित्र व्यवस्थापन गरी खाली गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’ समिति सचिव उदयकुमार भण्डारीले भने ।






























