कोरिया पठाई दिन्छु भन्दै १ करोड ४१ लाख लिएर राज कुमार गुरुङ र धिरज गुरुङ फरार !

11.18K
shares

काठमाडौ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा बाध्यतामा विदेसिदै गर्दा वैदेशिक रोजगारीका नाममा ठगी धन्दा भने बढ्दै गएको छ। आकर्षक तलवको लोभ देखाई कोरियामा कृषि फर्ममा काम लगाई दिने बहानामा सयौ युवाहरु ठगिएका छन् ।

काठमाडौ,रुकुम,बाँके,सर्लाही,स्याङ्जा लगाएत विभिन्न जिल्लाका १५ जना भन्दा बढी युवाहरु चिनेजानेका विचौलियाबाटै ठगिएका छन् । खोटाङ जिल्लामा जन्मिएका तर स्थायी बासस्थान रुपन्देही जिल्लामा रहेका राज कुमार गुरुङ, धिरज गुरुङले कोरियामा राम्रो काममा पठाई दिने भन्दै १ वर्ष अघि ति युवाबाट जनही ५ लाख देखी ३५ लाख सम्म असुलेका थिए । राजकुमार गुरुङका आफ्नै भाई हुन् धिरज गुरुङ यिनि वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलीया हुन् ।

फरार रहेका राज कुमार गुरुङको नागरिकता प्रमाण पत्र

No description available.

ठगीको शिकारमा परेका सुरेश गुरुङ, राम बहादुर श्रेष्ठ, कर्ण थिङ, सागर हेन्जन, किरण गुरुङ, नन्द बहादुर गुरुङ, सुदीप बि.सी, हिरालाल सार्की, रुपेन्द्र मल्ल, जगत तामाङ, मणिक तामाङ, जोडे बुढा, खुमबहादुर गुरुङ नाम बहादुर थापा र इन्द्रमान तामाङलाई वैदेशिक रोजगारिमा पठाई दिने भनि रकम असुले पछि बिभिन्न बाहानामा आलटाल गर्दै आएका विचौलीयाले कतिपयलाई तिर्ने भाकासहित खाली चेक दिएका छन् भने कतिपयलाई त्यो पनि दिएका छैनन् । १ वर्ष बितिसक्दा पनि पिडित युवाहरु नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनिहरुको रकम फिर्ता नै भयो । यति बेला पिडितहरु न्याए खोज्दै भौतारिदै हिडिरहेका छन् ।

कोरियनसँग फोटो खिचाएर यसरी बिश्वास दिलाएका थिए

No description available.

ठगीमा परेका सर्लाहीका रानिगञ्ज गा.वि.स वडा.नम्बर- ३ का राम बहादुर श्रेष्ठ भन्छन्, ‘पैसा पहिल्यै जम्मा गर्न लगाउनु भयो। भनेकै बेला ऋण काढेर भए पनि दियौँ तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौँ, पर्ख भन्दै आलटाल गरेको पनि एक वर्ष बिति सक्यो ।’  प्राय : सबै पिडितहरुको कथा /ब्यथा भने उस्तै रहेको छ ।

ठगिएका ती १५ युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे। वि.सं २०८० असार १९ गते विभागमा उनीहरुले निवेदन पनि दिएका छन्।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नेपाल प्रहरीमा जानकारी गराएका छन्, साथै पिडितहरु उजुरी दिने तयारीमा रहेका छन् ।

No description available.

अन्तत : यसरी करिब १ करोड ४१ लाख रुपयाँ लिएर राजकुमार गुरुङ र धिरज गुरुङ फरार रहेका छन् ।

पिडित ब्यक्तीहरुले राजकुमार गुरुङ र धिरज गुरुङलाई बुझाएको बिवरण
सुरेश गुरुङ – ९,००,०००
राम बहादुर श्रेष्ठ – ५,००,०००
कर्ण थिङ – ७,००,०००
सागर हेन्जन – ८,००,०००
किरण गुरुङ – १०,००,०००
नन्द बहादुर गुरुङ – ७,५०,०००
सुदीप बि.सी  – ८,००,०००
हिरालाल सार्की – ७,००,०००
रुपेन्द्र मल्ल – रु.८,००,०००
जगत तामाङ – ८,००,०००
मणिक तामाङ – ५,००,०००
जोडे बुढा – ८,५०,०००
खुमबहादुर गुरुङ – ७,००,०००
नाम बहादुर थापा – रु.८,००,०००
इन्द्रमान तामाङ – ३५,००,०००

नोट : हामिसँग प्राप्त भएको बिरण ११३ जनाको रहेको छ, तर अहिले १५ जनाले मात्रै प्रमाण सहित हाम्रो कार्यलयमा सम्पर्क गर्नु भएको छ । क्रमस : अरु पिडितहरुको पनि समाचार प्रकाशन /प्रशारण गर्दै जाने छौ ।

यसरी बनाएका थिए डकुमेन्ट

No description available.

No description available.


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083