मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

4.62K
shares

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिए।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।

घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन्। शव संकलन गर्ने काम भइरहेको छ ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083