प्रधानमन्त्री प्रचण्डका राजनीतिक कार्यक्रम चार दिनका लागि स्थगित
वि.सं.२०८० असार २८ बिहीवार १३:३०
4.37K
shares
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन् ।
श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् । प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
‘बालुवाटारमा आउनेहरुसँग उहाँले सामान्य कुराकानी गर्नुभयो, आज विहान पनि सर्वसाधरणहरुसँग छलफल गर्नुभयो,’ आचार्यले भने, ‘तर त्यसबाहेक अरु राजनीतिक तथा कुटनीतिक छलफल ३० गतेसम्मका लागि स्थगित गरिएको छ, यी दिनमा प्रधानमन्त्री सिंहदरबार पनि जानु हुने छैन ।’






























