नेसपा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा मानुषी
वि.सं.२०८० साउन २ मंगलवार १८:२६
2.95K
shares
shares

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।
विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ।
पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल लगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन विभागले काम गर्नेछ।
नेसपाले साउन १ गतेदेखि संगठन सुदृढीकरण अभियानसमेत सञ्चालन गरेको छ।





























