बानेश्वरस्थित भरोसा अस्पताल नजिकै २० करोडको सरकारी जग्गा हडपेर व्यक्तिको रजाइँ !

8.58K
shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित भरोसा अस्पताल नजिकै २० करोड पर्ने सार्वजनिक सरकारी जग्गामा व्यक्ति विशेषले रजाइँ गरिरहेको पाइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार जनार्दन र सुदर्शन आचार्यले उक्त जग्गामा अनधिकृत संरचना बनाएर भाडा असुल्दै आएको उजुरी परेको छ ।

बलभद्र टोल विकास समितिले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निवेदन दिएको हो । आचार्य परिवारले विगत १० वर्षदेखि आधा रोपनी सार्वजनिक सरकारी प्रकृतिको जग्गा हडपेर मासिक ५ लाख बढी भाडा उठाउँदै आएका छन् । यो बदमासी रोक्न स्थानीयहरू एकजुट भएर लागि परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ देवकोटा सडकस्थित सोही सडकमा जोडिएको शिवशिखर फार्मेसीको ठीक विपरीत दिशामा रहेको साबिक वडा नम्बर १० सिट नम्बर १०२११४६०९ कित्ता नम्बर ६८,६९ ३८८ मा रहेको १० आना जग्गामा व्यक्ति विशेषले अनधिकृत संरचना बनाएर भाडा खाइ रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा स्थायी बसोबासी सरिता पौडेल लगायतले काठमाडौं महानगरपालिकाका दिएको उजुरीमा उक्त जग्गा हालसम्म कोही कसैको नाउँमा दर्ता स्रेस्ता कायम नभएको सरकारी/सार्वजनिक भएको दाबी छ ।

हालको बजार भाउको हिसाबले झन्डै २० करोड पर्ने आचार्य थरका भूमाफियाले भाडामा लगाएर खाएको उजुरीमा उल्लेख छ । उनीहरूले सम्बन्धित निकायबाट स्वीकृति नलिई, सरकारलाई बुझाउनु पर्ने कर, राजस्व समेत नतिरी, नबुझाइ ६ वटा सटर हाली चस्मा पसल, स्टेशनरी, फर्निचर, शान्दार मःम लगायतलाई भाडामा दिएको पाइएको छ । स्थानीयले महानगरपालिकामा दिएको उजुरीमा आचार्य थरका भूमाफियाले ६ वटा सटरबाट मासिक ५ लाख रुपैयाँ भाडा उठाउँदै आएको दाबी गरिएको छ ।

नयाँ बानेश्वरको पुरानो ह्वाइट हाउस कलेजसँगै बनेको उक्त अनधिकृत संरचना हटाउन सचेत स्थानीयहरू काठमाडौं महानगरपालिकामा पुगेको देखिन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कार्यालयले समेत ध्यान नदिएपछि स्थानीयहरू मेयर बालेनसमक्ष पुगेका छन् ।
भूमाफियाहरुले काठमाडौंको मुटु नयाँ बानेश्वरमा रहेको करोडौंको सरकारीरसार्वजनिक कर्लप्पै खान खोजेपछि स्थानीयहरू एकजुट भएर बचाउन लागिपरेका छन् ।

काठमाडौं महानगरपालिकाका कानुन सहायक निर्देशक देविकुमार तिमिल्सिनाका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित भलभद्र टोल विकास समितिले आचार्य दाजुभाइ विरूद्ध काठमाडौंमा उजुरी हालेको छ । आचार्यहरूलाई उजुरीका विषयमा पत्र काटेर प्रतिउत्तर समेत आइसकेको उनले जानकारी दिए । ‘आचार्यहरूले जिल्ला र उच्च अदालतमा मुद्दा हारेर दोहोर्‍याई पाउनका लागि सर्वोच्च अदालतमा निवेदन दिएका रहेछन् त्यही विषय प्रतिउत्तरमा उल्लेख गरेका छन् ।’, सहायक निर्देशक तिमिल्सिनाले भने ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना बनाएर भाडामा खाइरहेको ठाउँमा स्थलगत अनुगमन गर्ने तयारी थालेको छ । एकरदुई दिनभित्रै स्थलगत अनुगमन गर्ने सहायक निर्देशक तिमिल्सिनाले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

अदालतमा मुद्दा हारेर पनि भूमाफिया आचार्यहरूले सार्वजनिक जग्गामा भाडा खाइरहेको भेटिएको छ । काठमाडौं महानगरपालिकासँग नक्सा पास स्वीकृति बेगर व्यक्ति विशेषकै जग्गामा बनेको संरचना भत्काउने अधिकार हुन्छ । यो त उनीहरूको नाममा नभएको जग्गामा अनधिकृत संरचना बनाएर मासिक लाखौं भाडा खाइरहेको देखिन्छ । न त भूमाफियाहरूले राज्यलाई कुनै कर बुझाएका छन् ।

भूमाफियाहरूले अनधिकृत रूपमा बनाएर भाडा असुली गरिरहेका ती अवैध संरचनाका बालेनले तत्काल डोजर चलाउनुको विकल्प छैन । यहाँ सरासर लुट धन्दा चलिरहेको देखिन्छ । त्यस्तै सँगैको श्रेष्ठ तन्दुरी फास्ट फुडले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएको छ । यो विषयमा पनि काठमाडौं महानगरपालिकाले खोजी गर्न आवश्यक छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083